मंसिर अन्तिममा ‘लामागाउँ कप’ हुँदैं, उपाधि राशी १ लाख १ हजार १ सय ११
पाेखरा | मंसिर २, २०८१
पोखरा महानगरपालिका १ पुरानो टुडिखेलमा दोस्रो संस्करणको खुला ‘सेभेन ए साइड लामागाउँ कप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
लामागाउँ गुम्बा एफसी र बुद्ध तामाङ आमा समूहको सँयुक्त आयोजनामा आगामी मंसिर २९ गतेदेखि पुरानो टुडिखेलमा प्रतियोगिता आयोजना हुने भएको हो ।
उक्त प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै उपविजेताले नगद रु ६० हजार ६ सय ६६ रुपैयाँ हात पार्नेछ ।
प्रतियोगितामा विधागत तर्फ सर्वाेत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई पुरस्कृत गरिने छ ।
प्रतियोगितामा सहभागी जनाउनका लागि ६ हजार ५ सय रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ । भने, टिम दर्ता फोनमार्फत (९८०४१६३१२२, ९८०५८५७२०८ र ९८२४१२५०७५) गर्न सकिने आयोजकले जनाएको छ ।

पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

